गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण, ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय

पाेखरा | पुस २५, २०७९

गण्डकीका  मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण, ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले  पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुुरुङबाट सपथग्रहणपछि अधिकारीले पदभार ग्रहण गरेका हुन् ।


पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिको लागि काम गर्ने बताए । 

 

पदभार ग्रहण पछि बसेको पहिलो बैठकले तीनवटा निर्णय पारित गरेको गण्डकी प्रदेशका प्रवक्ता सीता सुन्दासले बताईन् । 


उनका अनुसार विभिन्न आन्दोलनमा शहिद भएका ज्ञातअज्ञात शहिद प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनमा शहिद हुनुभएका ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रसेवकसँगै मतदातालाई धन्यवाद दिएका छौं, सुन्दासले भनिन्, ‘ प्रदेशको शासकीय क्षमता अभिवृद्धिका लागि सुशासन कामय गर्न, सेवा प्रवाहमा सुझाव पेश गर्न मुख्यमन्त्री तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका छौं ।’ 


बैठकले प्रदेश मातहत ११ वटै जिल्लामा डायलिसिर्स सेवा प्रवाह गर्न निर्देशन समेत दिएको प्रवक्ता सुन्दासले बताईन् । ‘प्रदेशमा डायलिसिसका बिरामीहरुलाई मध्यनजर गर्दै छिटोछरिटो सेवा प्रदान गर्न प्रदेश मातहतका ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेका छौं ।’ 

 

गण्डकीमा कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि नेकपा एमाले, नेकपा माओवादी, राप्रपा र स्वतन्त्र निर्वाचन भएका र अहिले नेकपा  एकिकृत समाजवादी प्रवेश गरेका दीपक मनाङ्गेसहितको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 


कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि प्रदेश प्रमुख गुरुङले संविधानको धारा १७५ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उपधारा (२) २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउँछन् ।   प्रदेश प्रमुख गुरुङले गण्डकी सरकार बनाउन राजनीतिक दललाई आज (पुस २५ ) सम्मको मिति दिएका थिए । 

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्